गायक जेबी ओली र मेलिना राईको “काली आई लभ यु” सार्वजनिक (भिडियो सहित)

नेपाली लोक गीतसंगीतमा अब्बल रहेका लोकदोहरी गायक जेबी ओली र सुमधुर स्वरकी धनी गायिका मेलिना राइको लोकदोहोरी गीत “काली आइलभ यु“ सार्वजनिक भएको छ। लोकगायक जेबि ओलीले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका छन्। गायक ओली लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा युरोपमा छन्।

गायक जेबी ओलीकै शब्द, संगीतमा तयार भएको गीतको संगीत संयोजन झलक संगितमले गरेका छन् । चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बी.सी., महेन्द्र गौतम, अन्जली अधिकारी र करिश्मा ढकालको अभिनय रहेको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
भिडियाेको निर्देशन शंकर बी.सी र नरेश वीर सिंहले संयुक्त रुपमा गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् । नवीन घर्ती मगरको सम्पादन रहेको भिडियो गायक ओलीको आफ्नै युटुब च्यानल मार्फत बाजारमा आएको छ ।
ओलीका ठमेल बजारमा, सबको रहर पैसा कमाउने, छाँया, घोराही तुल्सिपुर लगायतका धेरै चर्चित गीतहरु यसअघी नै बजारमा आईसकेका छन् ।