कमला घिमिरे र राजु परियारले गाएको पहिलो दोहोरी गीत केहि घण्टामै युटुबमा भाइरल

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै सन्दर्भमा चर्चित बाल गायिका कमला घिमिरे र चर्चित लोकदोहोरी गायक राजु परियारको आवाजमा रहेको पहिलो गित “मस्यौरी” शुक्वार विहान ७ :४५ बजे रिलिज भएको छ ।

गितमा चर्चित सर्जक रमेश बिजीको शब्द, गितकार तथा संगितकार प्रदिप अधिकारीको लय तथा संगित रहेको छ । नेपाली संस्कृतिको वास्तविक कथा बस्तुलाई समेटेर संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गितको निमार्ण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

गाउँको कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ताको तस्तै देखाउन खोजिएकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हर्न लाएक बनेको बताईएको छ । पछिल्लो समय निकै राम्रो म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक दिपेन्द्र तिमल्सेनाले सो गितको भिडियोमा आफ्नो निकै राम्रो कलाकौशल देखाएका छन् । उक्त गितको म्युजिक भिडियोमा धेरै चर्चित मोडलहरूलाई बिमल अधिकारी ,चक्र वम ,जुना सुन्दास लगायत अन्य थुप्रै लाई पनि देख्न सकिन्छ । गित प्रदिप अधिकारी युटुव च्यानल मार्फत सार्वजानिक भयको छ।