हप्तामा दुई दिन सार्वजनिक बिदा किन गर्ने ?

डा. ए पोख्रेल
१. नेपालमा हप्तामा दुई दिन सार्वजनिक बिदा गर्नको लागि, नेपालीको काम गराईको स्तर पुगेको छैन । बाकी पाँच दिन, दिनको आठ देखि बारह घण्टा काम गर्ने संस्कृति भएको समाजमा मात्र ठीक हो जस्तो देखिन्छ ।

२. दुई दिन बिदा गर्ने नै हो भने, बिहान आठ बजे देखि साँझ पाँच (५) वा छ (६) बजेसम्म औपचारिक रूपमा अफिसहरु खोलिनु मात्र होइन, काम नै गर्ने गर्नु पर्छ । सेवा रोक्नु हुँदैन ।

३. यत्तिकै पनि जाना जान काममा ढिला सुस्ती गर्ने र गराउने देशमा हप्तामा पाँच दिन मात्र सरकारी अफिसहरु खुल्नुले, सर्वसाधारण मानिसहरूलाई अरु समस्या स्वत: थप्ने देखिन्छ ।

४. तर इमान्दार मानसिकताका मानिसहरू जसले आफ्नो कर्तव्य राम्रो संग निर्बाध गर्ने गरेका छन्, उनीहरुको लागि यो दुई दिने सार्वजनिक बिदा अमृत समान हुने छ । पाँच दिन काम गर्नको लागि थप उर्जा हुने छ । कति हजार इमान्दार छन् ?

अस्तु ।
ए पोख्रेल ।