रिडिमा कोरोना संक्रमितको संख्या १३ पुग्यो, एक जनाको ज्यान गयो।

रिडि, आश्विन९।

एक साताको अबधिमा रिडि बजार क्षेत्रमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ भने एक जनाको मृत्यु भएको छ। हिजो सदरमुकाम तम्घासमा संचालनमा आएको ल्याबमा परिक्षणको क्रममा एकै दिन ८ जना संक्रमण पुष्टि भएको छ। गत साता कोरोनाका कारण रिडिको पुलपारी( ता.न.पा१४ को कुसेनी) मा एक जना महिलाको मृत्यु भए पछि गरिएको कन्ट्याक ट्रेसिङको क्रममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी मृतक महिलाको परिवारमा केहि दिन अघि गरिएको परिक्षणका क्रममा परिवारकै ३ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै गत ५ गते रिडि बजारका ७५ वर्षिय एक बृद्धम कोरोना संक्रमण पुष्टि भएको थियो। यो संगै रिडिमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। हिजो संक्रमण पुस्टि भएका ८ जना लाई होम आइसोलेसनमा राखिएको छ।

यो घटनाले रिडि बजार क्षेत्रमा कोरोना संक्रमण समुदाय तहमा फैलिएको पुष्टि गरेको छ। आउदा केही दिनहरुमा संक्रमितको संख्या अझ बढ्न सक्ने आँकलन गरिएको छ। जसका कारण स्थानिय त्रसित भएका छन। अहिले रिडि बजार सुनसान छ। मानिसहरु बाहिर निस्कन डराइरहेका छन। स्थानीय प्रसासनले एक साताका लागि बजार क्षेत्र शिल गरेको अबस्था छ।

– रुरु नेटवर्क सुन्दर कसजु को सहयोगमा