हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषदमा जाने ! हेर्नुहोस आज असोज ९ गतेका मुख्य समाचारहरु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ ।

पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको हो ।नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसमेतको सहयोगमा अहिले आन्तरिक पर्यटन प्रवर्द्धनको योजना बनाइरहेको छ । जसमा सातामा दुई दिने सार्वजनिक बिदाको प्रस्ताव गरिएको छ ।

एक दिनको बिदाले घुमघाममा समय नपुग्ने र अन्तर्राष्ट्रिय प्रचलन समेत साताको दुई दिन सार्वजनिक बिदा दिने भएको भन्दै पर्यटन मन्त्रालय यसमा जुटेको हो । यो संगै आजका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :