निशान भट्टराईको ‘संगै मरौला’मा नविन बुढाथोकी र अनु शाह ( भिडियो )

नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ । सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ ।

रामकृष्ण चौलागाईले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । आशिक राइको निर्देशनमा भिडियो बनेको हो ।
मोडेल नविन बुढाथोकीले यस अघिपनि धेरै नायिकाहरु सग स्क्रीन सेयर गरिसकेका छ जसलाई दर्शकले धेरै मन पराएका थिए ।

0