असोज ९ गतेको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ९ गते शुक्रबार इश्वी सन २०२० सेप्टेम्बर २५ तारीख अधिक आश्विन शुक्लपक्ष नवमी तिथी पूर्वाषाढा नक्षत्र शोभन योग वालव करण चन्द्रंमा धनु राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।