आशु झार्दै परेली धोईराछु – सुभद्रा पौडेलको मार्मिक भिडियो सार्बजनिक

स्कटनेपाल, शुभद्रा पौडेल जन्म जातै अपाङ्ग भएर जन्मिएकी पक्कै पनी होईनन् तर जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गुम्न पुगे। उनी अहिले कृतिम खुट्टाको सहायता लिदै हिँडडुल गर्न अली अली सक्छिन्। उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान।

पछिल्लो समयमा उनि धेरै मिडियामा भाइरल समेत भाइन । आफ्नो पिडा बोकेर धेरै सहयोगी मन हरु माझ पुगेकी सुभद्रा को आज उनकै स्वरमा मिठो मार्मिक म्युजिक भिडियो सार्बजनिक ”आशु झार्दै परेली धोईराछु” भएको छ ।

निरेन श्रेष्ठ को डाइरेक्सनमा र सुभद्रा पौडेल लगायत दिपक ढकाल को सुमुधुर स्वरमा बनेको भिडियोलाइ मरुभूमि नारायणको छायांकन रहेको छ । रोशन धितालको रहेको छ सम्पादन भने उक्त भिडियोमा सुधर्शन खतिवडा र सारिका केसी को अभिनय रहेको छ ।

भखरै रिलिज भएको उक्त भिडियो श्रिसटी लोक मझेरी बाट सार्बजनिक भएको छ ।

हेरौ भिडियो :