‘घरमा उपद्रो गर्न छिर्दा सम्झाउदा आफैं माथि जाईलागेपछि थप्पड लगाएको हो, जातिय विभेद गरेको छैन’—श्रेष्ठ परिवार

उर्लाबारी । आफ्नो घरमा कोहि नभएको मौका छोपेर ‘उपद्रो’ गरेकी वालिकामाथि थप्पड लगाएको बिषयलाई जातिय विभेद भन्दै कुटपिट गरेको भनेर सञ्चारमाध्यममा समाचार आएपछि श्रेष्ठ परिवार र छिमेकीले खण्डन गरेका छन् ।
मंगलवार पत्रकार भेटघाट गर्दै मोरङको उर्लाबारी–४ थापाडाँगीमा एक दलित बालिकामाथि छिमेकीले निर्घात कुटपिट गरेको भन्दै घटनाको एक पक्षिय समाचार आएको भन्दै श्रेष्ठ परिवारले खण्डन तथा आपत्ति जनाएका हुन् ।
१२ वर्षीया फूलसरी मग्राती (सार्की) माथि स्थानीय ६० वर्षीय नन्दलाल श्रेष्ठ, श्रीमती ४७ वर्षीय निर्मला श्रेष्ठ र छोरा २३ वर्षीय अमीर श्रेष्ठले कुटपिट गरेको भनेर समाचार आएको थियो ।

नन्दलाल र निर्मलाकी बुहारी तुलशा श्रेष्ठले आफ्नो घरमा कोही नभएको मौका छोपी कोठाभित्र प्रवेश गरेर उपद्रो गरेपछि आमाले सामान्य दुई थप्पड लगाएको बताउनुभयो । ‘ घरभित्र दोकानको सर समान राखेको र पहिले देखी हराईको हुँदा आमाले कोहि नभएको बेला किन पसेर उपद्रो गरेको भन्दा आमाको पोते समाएर जाइलागे पछि आमाले दुई थप्पड लगाउनुभएको हो, बुहारी तुलशाले भनिन्, तर जातिय विभेद गर्यो भनेर षणयन्त्र गरेर फसाउने जाल रचिएको छ ।

गालमा दुई थपड लगाएको गल्ती स्वरुप कानुनी कारवाहि भोग्ने, उपचार गर्ने भन्दा भन्दै पनि जातिय विभेदको कुरा लगाउनु आपत्ति जनक छ , उनले भनिन्, जातिय विभेद किन गर्नु र ? अहिलेको जमानामा के को जातभातको कुरा गर्छौ र ।
‘घरमा फ्रिजको पानी खान पसेको भनिएको छ , वल्लो घर पल्लो घर हो हाम्रो, उनीहरुकै घरमा फ्रिज छ , घरभित्र पानी खान भनेर छिरेको बाहाना मात्र हो , उनले भनिन्, तर मिडियाले जिउमा निलडाम हुने गरी पिटीयो भनेको छ ,अन्त काँही कुटेको छैन् ।

बालिकालाई आफन्त दुर्गाकुमारी रोकाले घरमा राखेकी छिन् । उनले घरमा राखेको १ बर्ष सकेपनि स्कुल नपठाएको , श्रम शोषण गर्दै आफै बिभिन्न बाहानामा उल्टै कुट्ने गरेको छिमेकी दीपक खड्का बताउछन् ।
अर्काको घरभित्र कसैले नदेखे उपद्रो गर्ने, देखे भने जातिय बिभेद गरो भनेर आरोप त लगाउन पाईदैन नि, दीपकले भने,‘ श्रेष्ठ परिवारले कुटपिट गर्नु हुन्थेन्, तर यसरी जातिय बिभेदको कुरा उचालेर चोखिने र फसाउने माध्यम बनाउनु हुँदैन् ।
घटनामा आमा निर्मलाले बालिका कुटपिट गरेको भएपनि बुवा र छोरालाई पनि जाहेरी दिएर फसाउन खोजिएको श्रेष्ठ परिवारको भनाई छ ।

कुटपिटमा संलग्न नभएको झगडा पर्दा आएका अमिरलाई पक्राउ गरिएको श्रेष्ठ परिवारले बताएको छ । घरी पानी खान छिरेको, घरी जिउमा भएको निलडामको घाउ सेक्न आईस लिन पसेको भनेर दुर्गाकुमारी रोकाको परिवारले मिडियामा फरक फरक कुरा दिएकोले कुरा बाझिएको स्थानीयको भनाई छ ।