नयाँ नक्सासहितको पुस्तक वितरण नगर्न सरकारले किन दियो निर्देशन ? हेर्नुहोस आज असोज ७ गतेका मुख्य समाचारहरु

शिक्षा मन्त्रालयले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक हालका लागि वितरण नगर्न सरकारले निर्देशन दिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकका शब्दहरु कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभागअनुसार क्षेत्रफललगायत अन्य कुरा पनि नमिलेको टिप्पणी सम्बन्धित मन्त्रालयबाट भएपछि तत्काललाई उक्त पुस्तक बजारमा नल्याउन सरकारले निर्देशन दिएको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ ।

लिम्पियाधुरालगायत क्षेत्र समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमात्र थियो । पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हुन् ।

उहाँका अनुसार सम्बन्धित मन्त्रालयबीच संयुक्त रुपमा गृहकार्य गरेर मात्र पुस्तक बजारमा ल्याउन निर्देशन दिएको छ । हेर्नुहोस आज असोज ७ गतेका मुख्य समाचारहरु :