प्रेम गरिन्छ कि हुन्छ? – “हुन्छ” – राष्ट्रकवि घिमिरे

प्रेम गरिन्छ कि हुन्छ? – “हुन्छ” । आफ्नो प्रश्नको जवाफ आँफै दिंदै राष्ट्रकवि माधव प्रसाद घिमिरेले आफ्नो गीत “उनको प्रीति” भएको पुस्तक दिए चर्चित संगीतकार नारायण रायमाझीलाई । संगीतकार रायमाझीले भगवानबाट नै प्रशाद प्राप्त गरे जस्तै आल्हादित हुँदै पुस्तक ग्रहण गर्दै राष्ट्रकविको चरणस्पर्श गरे । गीतको शुरुवाती यही मार्मिक दृस्यबाट हुन्छ ।

हाम्रो सार्वजनिक कार्यक्रमहरुमा यही एउटा सांगितिक दुनियाँ बचेको छ जहाँँ श्रद्धेय र अग्रजहरुलाई अगाध श्रद्धा गरिन्छ, राष्ट्रियता र राष्ट्रिय गौरब जस्ता बिषयबस्तु सबैको लागि मियो बन्ने गर्छ ।

पुरानो पुस्ताको गहकिलो गीत नयाँँ पुस्ता मार्फत ल्याउनु ठूलो चुनौति हो । तर नेपाली, नेपालभाषा, हिन्दी र चिनिया भाषाको गीतको समेत कम्पोज गर्ने न्ह्यू बज्राचार्यद्धारा “हाम्रो नेपाल आइडलमा यास्ता गायक पनि छ” भन्दै अरुलाई गीत देखाइने; चर्चित गीतहरुको कम्पोजर काली प्रशादले “उस्ताज” भनिएका र स्पिचलेस भएँ भन्दाभन्दै अर्का निर्णायक इन्दिरा जोशीद्धारा प्रसंशा गरेर नथाकिने प्रबिन वेडवाल नेपाल आइडल सिजन ३ मार्फत उदाइसकेका थिए । उन्ले नेपाल आइडलमा प्रस्तुति दिने क्रममा पुरानो पुस्ताका चर्चित गीतहरुलाई समेत मर्मलाई बिग्रन दिनुको अलावा झन सुनमा सुगन्ध थप्दै आफ्नोपन दिन सक्षम नव उदियमान गायकका रुपमा आफ्नो परिचय स्थापित गरिसकेका छन । उनै वेडवाल र न्ह्यू बज्राचार्यद्धारा “अर्गानिक” आवाज भन्दै आँफै घरमा नै गएर नेपाल आइडलमा ल्याइएकी रचना रिमालको संयुक्त स्वरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्मानमा रास्ट्रकवि घिमिरेद्धारा रचित गीत “उनको प्रीति” करीब डेढ हप्ता अघि १३ सेप्टेम्बरमा युट्युब मार्फत सार्वजनिक भएको छ रीमा इण्टरटेनमेण्ट नेपाल मार्फत ।

राष्ट्रकवि घिमिरेको यो गीतलाई संगीत दिएका छन नारायण रायमाझीले । प्रविन बेडवाल र रचना रिमालको स्वर रहेको यो गीतमा संगीत संयोजन बि.बि. अनुरागीको छ भने मिक्सिङ श्याम श्वेत रसाईलीको छ । बासुरी बादनमा रत्न बि.क., मेकअपमा बिर्मा खड्का छन भने छायाकंन/सम्पादन मिराज अर्यालको रहेको छ र कलाकारहरुमा उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का र राकेश सोनी भएको यो गीतमा पहिलो गायक/गायिकाको रुपमा जगदिस समाल र सपना श्री छन ।

२ मिलियन भ्यू कटिसकेको यो गीत निकै चर्चित बनेको देखिन्छ । पुरानो र नयाँँ पुस्ताको बीचको सेतुको रुपमा देखिएका अहिलेका पुस्ताका यस्ता होनहार कलाकार स्तुतिय छन, आभारका पात्र हुन ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जालको लागि तयार गर्नु भएको सामग्री । @Ramkshrestha