आजको राशिफल असोज ७ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज ७ गते बुधबार ई. सं. २०२० सेप्टेम्बर २३, नेपाल सम्बत ११४० अनालाथ्व सप्तमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज शुक्ल सप्तमी चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, आयुष्मान योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः५३ बजे, सूर्यास्त साँझ ५ ः ५९ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ ।

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५३ मिनेट देखि ८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भर मग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आजका लागि

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – बन्दव्यापार र उद्योगधन्दामा सफल नै भइनेछ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ । अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्ने छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । अशुभ समाचारको आगमनले मनमा उदासी छाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन ।