आज एकै दिन थप १६ जनाको कोरोनाबाट ज्यान गयो ! देशभर कोरानाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुग्यो

काठमाडौँ । नेपालमा आज एकै दिन थप १६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सहित देशभर कोरानाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमका अनुसार नेपालमा आज १ हजार ५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित कोरोनालाई जित्नेको संख्या ४७२३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेको मन्त्रालयले जनाएको छ ।