नायक आकाश र नायिका एलिजा पहिलो पटक “सानु“ मा

काठमाडौं / नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम पहिलो पटक लोक दोहोरी गीत “सानु” मार्फत स्कृनमा देखिएका छन् ।

डि.ए.आर मुभिजले बजारमा लेराएको लोक दोहोरी गीत “सानु” मा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । शब्द संचारकर्मि कमल सरगम, लय घमेश दुलाल, एरेन्ज कमल सौराग, रेकर्डिष्ट बिमल एरिस छिनालको छ भने स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो ।

प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायिका एलिजा गौतम, नायक आकाश श्रेष्ठको साथमा गुराँस ढकाल र २ बर्षिय बाल कलाकार समाइरा थापाको अभिनय रहेको छ । गीतले लोक दोहोरी क्षेत्रमा नयां पुस्ता र पुरानो पुस्ता बिचको सम्बन्ध थप बलियो बनाउन मद्त गर्ने देखिन्छ ।

नायक आकाश र नायिका एलिजाले संगै काम गरेको यो पहिलो गीत हो । भने आधुनिक गायकका रुपमा स्थापित प्रताप दासको पनि पहिलो लोक दोहोरी हो ।

गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहक, सहायक निर्देशन राजाराम गौतम, कला मनिक पाख्रिन, प्रोडक्सन म्यानेजर विवेक चौलागाई, प्रोडक्सन कन्ट्रोलर श्याम धिताल, ड्रोन सुरेश घिसिङ र मेकअप स्वस्तिका श्रेष्ठको रहेको छ ।

लोक दोहोरी क्षेत्रका अग्रज गायक घमेश दुलाल र अन्जु पन्तको स्वरमा रहेको लोक दोहोरि गीत “भुल” पनि चाडैंनै दर्शक माझ आउने डिएआर मुभिजका संचालक सदस्य राजाराम गौतमले जानकारी दिए ।

गीत डि ए आर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस ।