नायिका एलिजा गौतम र आकाश श्रेष्ठले खेले पहिलोपटक दशैं गीत

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र नायिका तथा मोडल एलिजा गौतम अभिनित लोकदोहोरी गीत ‘सानु’को भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजले बजारमा ल्याएको गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको छ । गीतमा कमल सरगमको शब्द, घमेश दुलालको लय, कमल सौरागको एरेन्ज छ ।

प्रभावन जेको निर्देशन रहेको भिडियोमा गुराँस ढकाल र बाल कलाकार समाइरा थापाको पनि अभिनय रहेको छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन, सन्तोष राजबाहकको कोरियोग्राफी, राजाराम गौतमको सहायक निर्देशन छ ।