राजेश हमाल रत्नपार्कमा खाना खुवाउदै, हेर्नेहरुको भिड, प्रहरीलाई पर्यो हम्मेहम्मे

काठमाडौँ | पछिल्लो समय दिपाश्री निरौलाले ‘महानयक’ राजेश हमालमाथि संकटका समयमा चलचित्र क्षेत्रलाई अभिभावकत्व नदिएको आरोप लगाइन् । त्यसवापत उनले निकै आलोचना पनि सहनुपर्‍यो । कोरोनलो गर्दा चलचित्र क्षेत्र ठप्प छ र यस क्षेत्रमा आवद्ध हजारौंको रोजिरोटी गुमेको छ । खासगरि दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरु सबैभन्दा बढी प्रभावित बनेका छन् । उनीहरुलाई हातमुख जोर्न समस्या भएपछि केही सेलिब्रिटीले व्यक्तिगत सहयोग गरे । तर, महानायकको भने कतै उपस्थिति देखिएन ।

लकडाउन/निषेधाज्ञाका कारण काम गर्न नपाएपछि समस्यामा परेका श्रमिक तथा असहाय र बेसाहरा मानिसलाई विभिन्न संघ/संस्थाले त्यहाँ बिहान बेलुका निःशुल्क खाना वितरण गर्ने गरेका हुन् । यसै क्रममा महानायक राजेश हमाल पनि उनीहरूलाई खाना खुवाउन रत्नपार्क पुगेकी हुन् । आफ्नो फेसबुक पेजमार्फत नायक हमालले रोयल कोल्याबरेटिब्ससँगको सहकार्यमा सोमबार बिहान आफूले असहायहरूलाई खाना खुवाएको जानकारी दिएकी हुन् ।

हेर्नुहोस ।