भावनाको तरङ : कविता – कल्पना पौडेल “जिज्ञासु”

मेरो प्रिय मान्छे
आउ मेरो समिपमा
तिम्रो काखमा पिडाको भारी
बिसाएर
न्यानो अङालोमा आराम गर्न चाहन्छु

तिमी सँगको साथले जुनेली रातमा
त्यो झलमल बलेको आकाशमा
भर्र्याङ् राखेर ति जून तारा टिप्छु

जब तिमी एक्छिन ओझेल हुन्छौ नि म बाट
थाहा छ् प्रिय ? त्यो एक एक पल
औसिको रात बनीदिन्छ
हो त्यही अन्धकार लाई चिर्न
तिनै जून तारालाई
आफ्नै नजरको जेलभित्र बन्दी
बनाएर राख्छु

जून ताराहरुको त्यै सिङो संसार
आकाशमा उमङको
पखेटा फिजाएर तिमीलाई
चन्चलताको अन्कुशले तानेर सँगै उडाउनेछु
कतै त्यो बतासले मेरो प्रियलाई
छुने त होइन ?
ईर्श्याले आगो दन्केको मन
बोकेर झार्नेछु तिमीलाई फेरी
यही आफ्नै सुन्दर दुनियाँमा
अनी निर्धक्क सँग

पसाउन थालेको धानभित्र
चखेवाको हाम्रो जोडीले
चामल भरौला
तब
यिनी मुहारमा
मुस्कान फक्रेनेछ

हर्शको उन्मात चड्नेछ

तिमी मिठो संगीतमा गुनगुनाउनु
त्यही स्वर ब्यन्जन चुडेर
प्रेमको माला उन्नेछु
मेरो मनको मान्छे
हाम्रो प्रगाढ मायाको माहासागर बाट
खुशीहरुका थोपा थोपा
सङालेर्
हिमालको चुचुरो बनाउछु
यिनै भावनाका पृष्‍ठभुमिमा
एउटा अटल अमर प्रेम काहानीको
ईतिहास रच्छु
तिमी नायक म नायिका
युगान्तर जिवन्त
रहनेछौ सिङो ईतिहास
बनेर !!

कल्पना पौडेल “जिज्ञासु”