मन्त्रिपरिषद् पुनर्गठन पक्का, कुन कुन मन्त्री हट्दैछन् ? को मन्त्री बन्दैछ ? हेर्नुहोस आज असोज ५ गतेका मुख्य समाचारहरु

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को-को हट्ने, को-को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ ।

यसअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनको हल्ला गलत भएको बताउँदै मन्त्रीहरुलाई ढुक्क भएर काम गर्न आश्वासन दिएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा शीर्ष नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् ।

यो संगै आज असोज ५ गतेका मुख्य समाचारहरु तलको भिडियोमा हेर्नुहोस :