कति पुग्यो तोलामा सुनको मुल्य? सोमबार बढ्यो !

काठमाडौ । आज नेपाली बजारमा साताको दोस्रो दिन सुनको मुल्य बढेको छ ।

आज आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको सुनको मुल्य आज दुई सय रुपैयाँ बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मुल्य पनि बढेको छ ।

आज तेजाबी सुनको मुल्य दुई सय रुपैयाँले बढेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदी तोलाको १३ सय २० रुपैयाँमा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।