बिश्ब लाई मानसिक, आर्थिक, सामाजिक र शैक्षिक हरेक क्षेत्रलाई तहश नहश पारेको कोरोना भाईरश मेरो शरिर भित्र पनि पसि छाड्यो !

अमेरिका बाट महेश भट्टराई कोरोना संक्रमित भएको आफ्नो फेसबुक वाल मार्फत जानकारी गराउनु भएको छ उहा लेख्नु हुन्छ :

Covid एक अनुभव: बिश्ब लाई मानसिक, आर्थिक, सामाजिक र शैक्षिक हरेक क्षेत्रलाई तहश नहश पारेको कोरोना भाईरश मेरो शरिर भित्र पनि पसि छाड्यो ! बिश्व स्बास्थ्य संगठनले बिश्वभर “जैबिक वम” जस्तै गरि प्रचार प्रसार गरेको र बैज्ञानिकहरूलाई समेत हायल कायल पारेको कोभिड के कस्तो होला अनुभव गर्ने गुप्त/सुप्त बिचार भने एउटा मनको कुनामा पक्का थियो !

स्बास्थ्यकर्मि(दैनिक कोभिड संगै लड्नु पर्ने) नाताले एक दिन म भित्र पक्का छिर्छ भन्ने शंका र ढु्क्क पनि थियो ! काम गर्ने ठाऊको आउट ब्रेक संगै करिब ७५% बिरामी र स्बास्थ्यकर्मिहरू लाई एउटै भुग्रोमा हाल्यो !

आज सम्म म सामान्य नै छु ! सामान्य रूघाखोकी जस्तै ठानेको छु ! बिश्वभर डर र मानसिक तनाब दिने कोभिड कस्तो रहेछ अनुभव पनि गर्दैछु ! रिजल्ट पोजेटिभ हिज साझं आयो ! तर शंकाले अलग्ग बसेको आज चारौ दिन हो! मेरो अनुभब क्रमश पक्कै बाड्नेछु !

मेरो लक्ष्यण : आफ्नो शरिरको डाक्टर आफै हो ! पुरा शरिर दुख्ने, थकाई लाग्ने, शरिर तात्ने भयो ! लन्च खादा स्वाद आएन ! साझंपख बाट ज्वरो बढेर आयो ! हल्का घाटी खसखस भयो ! खास खोकी छैन !

टेष्ट : तिन दिन अगाडि नेगेटिभ आएको पुन जांच गर्दा पोजेटिभ देखियो ! उपचार : सिटामोल मात्र खाएको छु ! ज्वरो बढ्न दिएको छैन !

खाना: सामान्य रेगुलर खाना नै खाएको छु ! कुनै नया थप डाइट, टोनिक, घरायसी, आर्युबेदिक खाएको छैन ! क्वारेनटाईनमा बसेको छु ! आजसम्म मेरो शारिरीक र मानसिक शक्तिमा कुनै कमि आएको छैन !

अचम्म लाग्दो कुरा Test positive भएको बिरामी अस्पताल जांदा स्बास्थ्यकर्मि बाटै PAPR, N95, Face shield, PPE, Negative air pressure room मा Isolation मा राखिन्छ भने घरमा सामान्य साबधानिमा आफ्नो परिबारको सेबामा quarantine मा बसिन्छ !

मेरो मनमा कुनै डर छैन ! किनकी यमराज र कोरोना संग नियमित भेटघाट भै रहन्छ ! मेरो बुझाई अलग छ र यो नै मेरो प्रतिरक्षा शक्ति/सेना हो ! म आफु अझै immune र बलियो भएको अनुभुत गरेको छु !

मेरो बुझाईमा Covid को मानसिक डर WHO/CDC/सरकारले अलि बढि नै फैलाए जस्तो लाग्छ ! यो भाईरश आजसम्म कुनै पनि बिज्ञको परिभाषा, क्षेत्र, खोज,अनुसन्धान, उपचार,खोप भित्र सिमित भै पस्न/बस्न मानेको छैन !
क्रमश :No phone calls please ?