कुलमान बिदा भएपछि जंगिए पुन्य गौतम, आक्रोसित हुदै सिधै फोन गरे, अब भोलिको मन्त्री कुलमान हुन्, आफ्नै इच्छाले यस्तो गरे भन्दै उफ्रिए

काठमाडौं | नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ औपचारिक रुपमा विदा भएका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियले मंगलबार घिसिङलाई विदाई गरेको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरण सामु आगामी दिनमा बिभिन्न चूनौती हुन सक्ने संकेत गरे ।प्राधिकरणले हाँसिल गरेको उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौति हुने बताउदै उनले उत्पादित विद्युतको सही व्यवस्थापन लगायतको चुनौति आउन सक्ने बताए ।

आफुले जिम्मेवारी सम्हालेको पहिलो आर्थिक वर्षदेखि लगातार प्रधिकरणले नाफा कमाईरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा प्राधिकरणको नाफा ११ अर्ब भन्दा धेरै हुने अनुमान गरिएको बताए ।प्राधिकरणप्रति जनताको विश्वास बढेको बताउदै उहाले लोडसेडिङ अन्त्य भई, चुहावट १५.२७ प्रतिशतमा झारेको, ४ वर्ष अघि ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा अब अर्को वर्षबाट आत्मनिर्भर हुने अवस्था सृजना भएको उल्लेख गरे । हेर्नुहोस पुन्यले के भने कुलमानको समर्थनमा |