पाँच वटा खसी मरेपछि चिन्तित बनेका टेकबहादुरलाई आर्थिक सहयोग

उर्लाबारी । चाडबाडको मुखमा मोरङ उर्लाबारी ९ का किसान टेकबहादुर कटुवालले पालेको पाँच वटा खसी अचानक मरेपछि उनलाई आर्थिक सहयोग गरिएको छ । बिक्री योग्य भइसकेको पाँच वटा खसी मरेपछि स्थानीय लोलिम पोमुको अगुवाईमा नगद १२ हजार रुपैंया आर्थिक सहयोग गरिएको हो ।

आर्थिक सहयोगमा मेयर खड्ग फागो सहित लोलिम पोमु,भक्त वनेम,तारा सापकोटा,योबाहाङ तुम्बाहाम्फे,सुर्य पन्धाक,दुर्गा पौडेल,सुजित जैसवाल र प्रताप तुम्बाहाम्फेले संयुक्त रुपमा उक्त सहयोग गर्नुभएको हो ।

उर्लाबारी ९ भोटेपुलका टेकबहादुर कटुवालले खसीलाई घाँस ल्याउँदा नचिनेर ल्याएको उल्टी झार नामको स्याउला खाएपछि खसी मरेका थिए । उक्त घाँस खाएपछि खसीको पेट फुलेको थियो भने उपचार गर्न नपाउँदै भटाभट मरेको थियो |