कसले दिएगितार उपहार , गए जन्तरे मामाको दु:खका दिन (भिडियो सहित्)

मोरङको पथरी शनिश्चरे नगरपालिका कला साहित्य प्रबर्धन समिति, लर्ड बुद्ध साकोस र वडा नं. २ ले संयुक्त रूपमा पारूहाङ चोक निवासी भाइरल गायक जन्तरे मामा (अमितकुमार राईं) लाई शनिबार निज निवासमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

पछिल्लो समय स्वरसम्राट नारायण गोपालको नाम संग जोडीएर सामाजिकसंजाल मार्फत भाइरल बनेका जन्तरे मामा स्वरसम्राटको गीतहरु दुरुस्त गाउछन् ।

जन्तरे मामालाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईं, कला साहित्य प्रबर्धन समितिका अध्यक्ष बीरध्वज सिवा, सचिव रोहित पराई, साकोसका व्यवस्थापक गणेश बछाना राईंले रूपैयाँ ५ हजार सहित साकोसको सेयर सदस्यको प्रमाणसहित सम्मान प्रदान गरेका थिए । वडा कार्यालयको तर्फबाट भाइरल जन्तरे मामालाई वडाध्यक्ष यामप्रसाद गुरागाईं र सदस्य अरूणा राईले रू ५ हजार सहयोग रकम सम्मानस्वरूप उपलब्ध गराएका थिए ।

कार्यक्रममार्फत मामाको निवास निर्माणका लागि स्थानीय समाजसेवी तथा गायक धनराज राई (अमीर)को संयोजकत्वमा एउटा आर्थिक सहयोग समिति गठन भएको छ । उक्त समितीमा सचिव सन्तोष राईं, कोषाध्यक्ष कुमार राईं, सदस्यहरूमा देव गुरूङ, किशोर श्रेष्ठ, जमुना राईं, ईश्वर दुलाल, गौरव दर्पण र करण धिताल रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईंले जन्तरे मामाको घर बनाउन गठित सहयोग समितिलाई सहयोग गर्ने, तत्काल जस्तापाता उपलब्ध गराउने बचन दिएका छन् । त्यस्तै अमीर राईंले कार्यक्रममा बोल्दै भने, आफ्नो संगीत यात्रालाई अझ माथि लानुहुन्छ भन्ने हेतुले उक्त गीतार प्रदान गरेको हु । कार्यक्रममा बोल्दै उनले भने एक स्रष्टाको मर्म अर्का स्रष्टाले मात्र बुझ्छन सक्छ भन्दै एउटा गितार उपहार दिएका थिए ।

जन्तरे मामाले नारायण गोपालको आँखा छोपी नरोऊ भनि…. गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए । भने कला साहित्य प्रबर्धन समितिको अध्यक्ष बिरधोज शिवाको होस गरे.. बोलको गीतमा नृत्य समेत गरेका थिए । चर्चित स्रष्टा गौरव दर्पणको गीत जता हेरे पनि हजुर पूर्बै रमाइलो सबै सामु गाउदा माहोल रमाईलो बनेको थियो । कला साहित्य प्रबर्धन समितिले जन्तरे मामाको जीवनीमा आधारित एउटा भिडियो बनाइदिने कबोल गरेको समितिका उपाध्यक्ष अमीर राईंले जानकारी दिए ।

भिडियो: