गीत गाउदागाउदै लब परेपछि केहि नह्रेइ बिहे गरे, तिम्रो लागि खरानी हुन्छु भन्दै गाए बब्बाल दोहोरी, गायकको अचम्मको प्रेम जोडी

काठमाडौँ | लोक गीत/संगीत क्षेत्रमा निरन्तर लागिरहनुभएका लोक दोहोरी गायक रमेश परियार र सन्ध्या परियारको ‘पिरती छुटाए….’ बोलको मनै छुने गीत सार्वजनिक गरिएको छ । चर्चित गायक राजु परियारको शब्द/संगीतमा रमेश र सन्ध्याको सुमधुर आवाजमा सजिएको ‘हातमा सुनको चुरा लाउनीले, यति चोखो पिरती छुटाए पँधेरीमा कुरा लाउनीले’ बोलको गीत एसथ्रीके इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको एरेन्ज बिनोद बाजुराली र मिक्सिङ खडक बाजुरालीले गरेका हुन् ।

समाजमा कुरा काट्ने प्रवृत्ति र यसले प्रेम, वैवाहिक सम्बन्धमा पार्ने असरलाई झल्काइएको गीतको भिडियोमा अर्जुन विक र सरस्वती फुयाँलले जीवन्त अभिनय गरेका छन् । गीतको भिडियोमा विक र फुयाँललाई निर्देशक बिक्रम चौहानले ‘फिचरिङ’ गराएका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । सार्वजनिक भएको छोटै समयमा गीत–भिडियोलाई धेरै दर्शक–श्रोताले रुचाएका छन् । दर्शक/श्रोताले राम्रो प्रतिक्रिया दिएका छन् ।

आज हामि तिनै प्रेमी जोडीको प्रेम र बिबाह बारे कुराकानी गरेका छौ |