धरान ११ की सोनी लिम्बुको काण्ड : परिवारको यस्तो अडान (भिडियो सहित)

धरान – झुण्डिएर आ,,’त्महत्या गरेको बताइएको धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको हत्या भएको दाबी गर्दै माइती पक्षले अडान कसेका छन ।

मृतक सोनीको काका टेकराज तिगेलाका अनुसार मृ,त्यु संकास्पद भएकोले आत्महत्या नभएर ह,त्या भएको आशंका गरीएको बताए । ‘हामीलाई सोनिको कुन समयमा मृ,त्यु भयो त्यो समेत थाहा थिएन । सोमबार दिउँसो करीब १२ बजेको समयमा सोनिको वुवालाई छोरीले झुण्डिएर आ,,’त्महत्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजेको थियो । सोमबार राती मात्र आइपुगेकोले गर्दा मंगलबार विहान मात्र शव हेर्ने र बुझ्ने काम भयो ।’

‘केटा पक्षले सोनी कोठाको पंखामा झुण्डिएको अवस्थमा देखेपछी ढोका फोडेर छिर्दा शरिर केही तातो थियो भनेको छ । त्यसपछी हामीले डोरी काटेर खाटमा राखिएको बताएपनि झुण्डिएको डोरी नभएर सल थियो ।’ काका तिगेलाले भने, ‘केटीलाई पछिल्लो दिनहरूमा डिभोर्सका लागी श्रीमानले समेत दबाब दिएको भन्ने सुनेका छाै । त्यसैले मृ,,त्यु सामान्य नरहेको हाम्रो ठम्याई छ ।’

मृ,,तक सोनीको परिवारले मृ,,त्यु शंकास्पद भएको बताउँदै मंगलबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी अनुसार हिजो बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई पक्राउ गरेको छ ।