राजेशको सुरमा शिल्पा र दुर्गेशाको छमछमी

गायक तथा प्रस्तोता राजेश बर्देवाले संगीत तथा एरेन्ज गरेको गीत ुदिलको राजधानीु सार्वजनिक भएको छ । यो गीत मौलिक लोक दोहोरी गीत हो । गीतमा नायिका शिल्पा पोखरेल र मोडल एवं गायक दुर्गेश थापाले कम्मर मर्काएका छन् । कृष्ण कडेल मित्रले शब्द रचना गरेको यस गीतमा चर्चित गायिका बिन्दु परियार र अर्का गायक बिक्रम परियार को आवाज रहेको छ ।

बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको गीतमा सम्पादन मिलन बिक र छायांकन प्रकाश खड्काको रहेको छ उसो त एक समय पर्दामा निकै जमेको शील्पा र दुर्गेशको जोडी लामो समय पछि यस गीतको भिडियो मार्फत देखिएका हुन् ।