बेलायतमा डरलाग्दो रुपले कोरोनाको त्रास, “कोभिड मार्शल” लगाउने तयारी।

रुद्र ढकाल, स्वास्थ्य बिशेषज्ञहरुका जाडोयामको शुरुवातसंगै अर्थात् अबको एक महिनापछि बेलायतमा डरलाग्दो रुपले कोरोनाको महामारी फैलने सम्भाबना भन्दै अहिले देखि नै कडा रुपमा CoViD Marshall “कोभिड मार्शल” लगाउने तयारी भएको छ। पहिलो चरणमा ईङ्ग्ल्याण्डमा यो हप्तादेखि नै ६ जना भन्दा बढी पारिबारिक जमघट हुन नपाईने “Rule of 6” लागू हुने भएको छ। यो रुल अफ सिक्स “Rule of 6” भङ्ग गर्नेलाई शुरुमा £१०० र पटकेमा परे £३२०० सम्म जरिबाना तोकिएको छ। स्कूल र कलेजहरुको पठन पाठन भने अन्लाईनको विकल्प सहित अर्को मापदण्ड अर्थात् ‘Circuit break’ अनुसार चल्नेछ। तर बेलायतको उत्तर पश्चिमी सानो शहर ब्ल्याकपुलमा भने यो नियम लागू हुने छैन।

ईजराईलले आज देखि पूर्ण रुपमा लागू हुनेगरी दोश्रो राष्ट्रिय लक्डाउनको घोषणा गर्दै अन्तराष्ट्रिय रुपमा नै यसरी घोषणा गर्ने पहिलो राष्ट्र बनेको छ।

कोरोनाले अब विश्व अर्थतन्त्रलाई पूर्ण रुपले अन्लाईन अर्थात् डिजिटलाईज्ड गर्ने अनुमान गरिएको छ। यसकालागि बिकसित राष्ट्रहरुले फाईभ-जी नेटवर्क तथा आर्टिफिसियल ईण्टेलिजेन्सको अधिकतम् सदुपयोग गर्नेगरी भित्रभित्रै गृहकार्य पूरा गरिसकेको सूत्रहरुले जनाएको छ।

बिबिसी रेडियो फोरको श्रोतका अनुसार बेलायतमा ५० बिलियन पाउण्ड स्टर्लिङ्ग नगद हराईरहेको दाबी गरिएको छ। तर अबको लक्डाउनले उक्त पैसा कहाँ अड्किएको छ भन्ने सजिलै पत्तालगाउने आशा समेत् गरिएको छ।

हलोवाला, लिभरपुल।