जन्तरे मामा र भाइरल जोडीको अभिनय एकसाथ सिरियलमा,कोपा र चिबे परे छक्क,यति राम्रो अभिनय “हास्नु हुन्न है” मा (भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा रहेका जन्तरे मामा अर्थात अमित कुमार राई र भाइरल जोडीले एकसाथ कमेडी सिरियल “हास्नु हुन्न है” मा अभिनय गरेका छन । ६४ बर्षका वृद्धले २२ बर्षकि युवती बिहे गरेर चर्चामा आएका जोडीले पनि सिरियलमा हसाएर भुतुक्कै बनाएका छन । उनीहरुले एकसाथ अभिनय गरेको “हास्नु हुन्न है” नामक हास्य श्रृङखला युटुबमा सुपर अनलाइन टिभि मार्फत भर्खरै सार्बजनिक गरिएको छ । लोकप्रिय टेलिसिरियल दोबाटेका कलाकार समीर सुवेदी (चिबे बूढो) अनि आइन्द्र लिम्बू (कोपा) द्वारा लेखन निर्देशनमा तयार गरिएको गरिने श्रृङखलालाई पुर्ब झापामा सुटिङ गरिन्छ । गाउले परिवेशमा तयार गरिएको हास्नु हुन्न है हेर्दा आफ्नै गाउँ घरकै कथा पाइन्छ ।

छुट्टै आनन्द आउँछ । यश टेलिसिरियलमा दोबाटेका लोकप्रिय कलाकारहरु आइन्द्र लिम्बू (कोपा) र समीर सुबेदि (चिबे) लगायत अन्य कलाकारहरुमा बि पि भट्टराई , सिला उप्रेती (बोजु) सुजन ढकाल,गणेश भट्टराई सलु पोख्रेल तथा अन्य धेरै कलाकारको अभिनय देख्न सकिनेछ । यस टेलि शृङ्खलामा कलाकार बन्ने सपना बोकेका अनि कला भएर पनि लुकेर रहेका प्रतिभाहरुलाई स्थान दिने योजना रहेको कलाकार तथा निर्देशक आइन्द्र र समिरले बताए । आफुहरु पनि कलाकारीतामा ठूलो सपना बोकेर बिगत दस बर्षदेखि संघर्ष गरिरहेको बताए ।

यश हास्य टेली श्रृङखला लाई सुपर अनलाइन टिभि मार्फत सार्बजनिक गरिएको छ ।सम्पूर्ण दर्शकको सल्लाह सुझावलाई मध्यनजर गर्दै भरपुर मनोरन्जन दिने प्रयास रहेको निर्देशक समीर सुवेदी चिबे र आइन्द्र लिम्बू कोपाले बताएका छ्न । नाम हास्नु हुन्न है भएपनी पेट मिचीमिची हसाउने छ तलको भिडियोमा हेर्नुहोला हासेर भुतुक्कै हुनुहुनेछ । भाइरल जन्तरे मामा र भाइरल जोडिले गरेको अभिनयलाई लिएर अहिले चौतर्फी तारिफ गरिएको छ । बुढेसकालमा चर्चामा आएका जन्तरे मामा र भाइरल लिम्बू जोडीले कस्तो गरे त अभिनय तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।