महामारीमा पनि राेकिएन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम (भिडियो सहित)

अहिले जसरी नै काम भइरहे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष तयार हुन सक्ने अवस्था छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर र विद्युत् पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

यत्रो महामारीका बेला पनि काम चलिरह्यो,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी भन्छन्, ‘विमानस्थलको ६३ प्रतिशत काम सकिएको छ ।’ विमानस्थल निर्माण चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीले गरिरहेको छ ।

कम्पनीका कामदार चिनियाँ नयाँ वर्ष मान्न गएका बेला गत माघदेखि चीनमा कोरोनाको महाव्याधि सुरु भएको थियो । त्यसले गर्दा कतिपय कामदार अझै आउन पाएका छैनन् । जति आइपुगे, सबैलाई क्वारेन्टाइनमा राखेरमात्रै काम लगाइएको छ ।

‘फिल्डमा भएका जति सबैले खटेर काम गरिरहेका छन् । केही सामान ल्याउन अप्ठेरो भएको थियो,’ उनले भने, ‘कोलकाताबाट वीरगन्ज भएर अब बिस्तारै आइपुग्दैछ । काम भइरहेको छ ।’ बाँकि भिडियोमा हेर्नुहोस्: