कुलमानको समर्थनमा गर्जिदा पुलिस आएपछि यसरि भागे डिल्लीराम खनाल, सबैको भागाभाग भयो, हेरेको हेरै परे खनाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नु पर्ने मागसहित काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले तितरवितर पारेको छ । आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ ।

कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी मंगलबार प्राधिकरणबाट बिदा भएका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई दिइएको जिम्मेवारी पूरा गरेर लोडसेडिङलाई इतिहास बनाइदिएको बताएका थिए । चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा लिने क्रममा मंगलबार घिसिङले लोडसेडिङमुक्त नेपाललाई निरन्तरता दिनु प्राधिकरणको भावी नेतृत्वका लागि चुनौतिपूर्ण हुने बताएका थिए । आज सम्म प्राधिकरणको कार्यकारी निर्देशकमा कसैलाई नियुक्त गरेको छैन ।

हेर्नुस |