कलाकार शर्माले पढाइ दिने ढोरपाटन बाढीमा आफन्त गुमाएका दुई दिदीबहिनीलाई

बागलुङ : कलाकार शितल शर्माले ढोरपाटन बाढीमा आफन्त गुमाएका २ बालिकालाई पढाउने भएकी छिन् ।

कलाकारीतासँग समाजसेवा गर्दै आएकी शर्माले गत भदौ १७ गते ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा आएको बाढीमा आफन्त गुमाएका सुस्मिता विक र मिना विकलाई कक्षा १२ सम्म पढाउने भएकी हुन् । बाबाआमा सहित एउटा भाई गुमाएका दुई दिदीबहिनी अहिले आफन्तको मा आश्रय लिएका छन् ।

उनीरुलाई उनका ठूला बुबा खुमबहादुर विकले आश्रय दिएका छन् । दिदी सुस्मिताले अहिले कक्षा १० मा अध्ययन गर्दै आएकी छिन् भने उनको बहिनी मिना विकले ७ कक्षामा पढ्दै छिन् ।

उनीहरुलाई १२ कक्षासम्म पढाउने जिम्मा आफूले दिने कलाकार शर्माले बागलुङ पोष्टलाई बताइन् ।

‘मानव हौँ कुनै न कुनै समय विपद्मा पर्न सक्छौँ, अहिले ढोरपाटनबासी निकै विपत्तीमा छन्, उनीहरुलाई हामी सबैले सहयोग गर्नु पर्छ,’ शर्माले भनिन् ‘मैले धेरै ठूलो सहयोग गर्न त सकेको छैन केही राहत आर्थिक संकलन हुँदै छ, त्यसबाट केही पीडितलाई दिने र केही कोष स्थापना गरि ति बालिकाहरुलाई पढाउने साँचो बनाएकी छु ।’

आफूले संकलन गरेको केही रकम बाढी पीडितलाई राहत दिने र बाँकी रहेको रकमबाट कोष स्थापना गरेर अभिभावक गुमाएर ति दुई बहिनीलाई पढाईमा सहयोग पु¥याउने गरि कोष स्थापना गर्ने शर्माले बताइन् ।

शर्माले बाढीले मानवीय र भौतिक क्षति पु¥याएको थाहा पाए लगत्तै आर्थिक संकलन अधियानमा जुटेकी छिन् । उनले हालसम्म देश विदेशबाट करिब ६ लाख संकलन गरेको गरेको बागलुङ पोस्टलाई जानकारी दिइन् ।
-बागलुङपोस्ट