एउटै भाषणको लागि सर्बाधिक पारिश्रमिक डेढ मिलियन डलर

समग्रमा नै अहिलेसम्मको विस्वमा आफ्नो मन्तब्य  मार्फत सबैभन्दा बढी आम्दानी गर्नेमा अमेरिकाका बर्तमान रास्ट्रपति डोनाल्ड ट्रम्प हुन जस्लाई Learning Annex का संस्थापक अध्यक्ष Bill Zanker ले २००६-०७ मा १७ सेमिनारमा बोलिदिनका लागि १.५ मिलियन प्रति मन्तब्यका दरले पारिश्रमिक दिए । त्यस अघि २००५ मा पनि उन्ले रियल स्टेट लगानी बिषयक तीन सेमिनारमा बोलिदिनका लागि प्रति मन्तब्यको १ मिलियन डलरका दरले पारिश्रमिक दिएका थिए । कार्यक्रममा प्रबेष शुल्क प्रतिब्यक्ति ५०० डलर लिएर प्रत्येक कार्यक्रमबाट आयोजकको हैसियतमा राम्रै फायदा गरे उन्ले । ३० बर्ष त्यो काम गरेका बिल यस्तो ब्यापारिक प्रयोजनका लागि विस्वमा नै श्रोता आकर्षण गर्ने डोनाल्ड ट्रम्प जस्तो प्रभाबशाली बक्ता अरु नभएको बताउँछन ।

दोश्रो महंगो बक्ताका रुपमा अमेरिकाकै पूर्व रास्ट्रपति रोनाल्ड रेगन पर्छन जस्लाई उन्को जापान भ्रमणको बेला संचार कम्पनी फुजिसान्केइ कम्युनिकेशनले उन्को दुई मन्तब्य र प्रश्नोत्तर कार्यक्रमको लागि २ मिलियन डलर पारिश्रमिक दिएको थियो । मुद्रा अबमूल्यनलाई ध्यानमा राख्दा उन्को त्यो आम्दानी अहिले १.७ मिलियन प्रति मन्तब्य हुन आउने बताइन्छ ।

तेश्रो महंगो बक्ताका रुपमा वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर पर्छन । उन्ले २००७ को नोभेम्बरमा चीनको ग्वाङडोङमा आलिशान भवन विकासका सम्बन्धमा प्रपर्टी डेभलोपमेण्ट कम्पनीको कार्यक्रममा बोले बापत उन्लाई आधा मिलियन डलर पारिश्रमिकको रुपमा प्रदान गरिएको थियो ।

चौथो महंगा बक्ताका रुपमा देखा परे पूर्व अमेरिकी रास्ट्रपति बिल क्लिन्टन जस्ले २००६ को सेप्टेम्बरमा लण्डनमा Fortune Forum मा दिएको मन्तब्यको लागि $४५०,००० प्राप्त गरे । नोभेम्बर २००३ मा जापानको साकुरा क्यापिटल मैनेजमेण्टको आयोजनामा हुन लागेको कार्यक्रममा उन्लाई उन्को मन्तब्यको लागि $५००,००० दिने भनिए तापनि सो कार्यक्रम रद्ध हुन गएकोले आयोजकले प्रतिबद्धता जनाइएको सो रकम भने William J. Clinton Presidential Library Foundation लाई प्रदान गरेको थियो ।

हिलारी क्लिन्टन र बिल क्लिन्टनले २०१४ देखि दिएका १०४ मन्तब्यबाट $२५ मिलियनभन्दा बढी आम्दानी गरिसकेका छन ।

बाराक ओबामा जस्लाई २०१७ को अप्रिलमा Cantor Fitzgerald को आयोजनामा भएको स्वास्थ्यसम्बन्धी सेमिनारमा उन्ले दिएको मन्तब्यको लागि $४००,००० प्रदान गरिएबाट उनी आफ्नो मन्तब्यका लागि सर्बाधिक बढी पारिश्रमिक प्राप्त गर्ने विस्वका नेतामध्येमा पाँचौमा पर्छन ।

१९९३ देखि २००१ सम्म अमेरिकाकी प्रथम महिला एबं अमेरिकाको ६७ औं २००९ देखि २०१३ सम्म अमेरिकाको ६७ औं सेक्रेटरी अफ स्टेटका रुपमा कार्यरत हिलारी क्लिण्टनले आफ्नो मन्तब्यको लागि $२००,००० पारिश्रमिक लिने गरेकी छिन् ।

न्यू योर्कका पूर्व मेयर रुडी ग्युलियानीले २००५ मा सेज क्यापिटल ग्रुपले आयोजना गरेको कार्यक्रममा दिएको मन्तब्यका लागि $२७०,००० प्राप्त गरे भने अमेरिकाका पूर्व रास्ट्रपति जर्ज बुशले $१५०,०००-२००,०००; वेलायतका पूर्व प्रधानमन्त्री ड्याभिड क्यामेरोनले $१५५,००० प्रति मन्तब्यका लागि प्राप्त गर्ने गरेका छन ।

नेपालका नेताहरुले दिने मन्तब्य ठोस योजना सहितको यथार्थपरकभन्दा पनि समयानुसार क्षणिक रुपमा सर्बसाधारणको मन जित्न गरिने प्रकृतिको हुने पहिलो र दोश्रो; राजनीतिलाई सबैभन्दा राम्रो ब्यवसायको रुपमा प्रमाणित गरी आजीवन राजनीतिमा नै टाँसिएर बस्ने संस्कारका कारण काम केही देखाउन नसके पनि कुर्सीमा नै जान र बस्न खोजिराख्ने स्पस्ट स्वभाव जस्ता कारणहरुले गर्दा आर्जन गरिएको इज्जतलाई पनि खस्काउने गरी कामै नगरी अनाबस्यक फतफत गरिराख्ने स्वभाव नै एक किसिमले राजनीतिकर्मीको परिचय जस्तो बन्न पुगेकोले उनीहरुको मन्तब्य यसरी मूल्यवान बन्ने परिस्थिति देखिन्न नेपालको सन्दर्भमा ।

बरु, २०७५ मा पोखरामा भएको न्यासनल युथ कन्फेरेन्स पत्रकारितामा लागेकी सविना कार्की जस्ताको सर्बसाधारणलाई उत्प्रेरित र अभिप्रेरित गर्ने सामान्य, तर जीवनोपयोगी र प्रभावकारी मन्तब्य हाम्रो आवश्यकता र माग हो भन्नुमा अत्युक्ति हुने छैन ।

@Ramkshrestha

श्रोत:  रामकुमार श्रेष्ठ (लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार) को फेसबुक पेज