गीतकार समाजसेवी प्रतिमा गुरुङ”को गीतमा गायिका एलिना चौहान र चिरञ्जीवी”को आवाज भिडियो सहित

काठमाडौँ । समाजसेवामा र गीत संगीत क्षेत्रमा अग्रसर गीतकार समाजसेवी प्रतिमा गुरुङ परदेश पेरिस फ्रान्समा बसेर पनि नेपाल आफ्नो देश र नेपाली गीत संगीत संगीतलाई माया गर्दै समय समयमा आफ्ना रचना गीत संगीत क्षेत्रमा ल्याईरहेकी हुन्छिन गीत संगीत ल्याउने क्रममा अहिले फेरि पनि उनकै शब्द रचनामा मीठो लभ गीत “मायालु तिमी मेरो”गीत बजारमा आएको छ ।

उक्त गीतलाई गायक संगीतकार चिरञ्जीवी भन्डारीले संगीत गरेका छन भने” गीतमा चर्चित गायिका एलीना चौहान र गायक संगीतकार चिरञ्जीवी”कै आवाज रहेको छ। गीलाई पुष्कर सुनुवार”ले संगीत सम्योजन गरेका छन। गीतकार प्रतिमा भन्छिन म सबै प्रकारका गीत लेख्ने गर्छु सन्सारमा प्रेम भन्दा ठूलो केही छैन त्यसैले प्रेम भाव”भरीएको गीत चै अली बढिनै लेख्ने गर्छु।

गीतकार समाजसेवी प्रतिमा गुरुङ”को पछील्लो समय उनले रचना गरेका गीत “आमा ओ मेरी आमा”र “बिस्तारै बिस्तारै” चर्चामा पनि रह्यो गीत संगीत र समाज सेवालाई अगाडी बढाउंदै उनले मृगौला पिडित गरीब दीनदुखी र लक डाउनको बेला दिन दुखिहरुको सेवा गरी उनीहरुलाई आर्थिक सहयोग गरी उनिहरुको घाउमा मल्हम लागाउने काम पनी गरिन ‘ उनले मृगौला पिडित गरीब दीनदुखीहरुलाई पनि आफुले सकेको आर्थिक सहयोग पनि गर्दै आईरहेकी छिन ।