“ए गगन रुक जा पवन” चलचित्र मदहोशको बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौँ ।

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मदहोशको ” ए गगन रुक जा पवन ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका नित्याशिवा र गायक बाबुल गिरी सो गीतमा आवाज रहेको छ ।

मायालु प्रेमील जोडिको प्रेमलाई चलचित्रमा समावेश गरिएको छ । बाबुल गिरी को संगीत , शंकर अधिकारी घायलको शव्द रहेको छ । विक्रम काकीको छायाँकन , विश्वास भण्डारीको सम्पादन तथा राजु शाहको नृत्य चलचित्रको गीतमा छ । दिपेन्द्र कोइराला र प्रीयङका अधिकारी को अभिनय रहेको छ । मदहोश चलचित्र लाई शंकर अधिकारी घायल ले लेखनर निर्देशन गरेका हुन ।

” ए गगन रुक जा पवन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।