‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ’ – डेरावाल दिदी

‘कहिलेकाहीँ त्यता साँघुरो भए सुत्न मेरोतिर आए पनि हुन्छ नि भाइ । कुनै अप्ठेरो मान्नुपर्दैन, आफ्नै सम्झे हुन्छ,’ म डेरा सरेको तीन दिनपछि डेरावाल दिदीले भनेकी थिइन् । दिदीको त्यो भनाइ वास्तवमै सहज थिएन, उनले मलाई किन त्यसो भनिन् ? तीन-चार दिनसम्म मलाई सोचमग्न बनाएको थियो ।

म बस्ने माथिल्लो तलामा दिदीको कोठा थियो । उनी को हुन्, यो शहरमा के गर्छिन् र उनको परिवारमा को कति छन् भन्ने केही जानकारी थिएन मलाई । एउटै घरमा बस्ने भएकोले उनीसाग मेरो हाइ-हेल्लोको मात्र सम्बन्ध थियो ।

घरको तल-माथि गर्दा देखादेख हुन्थ्यो । उनी मलाई देख्ने बित्तिकै मसक्क मस्केर केही न केही सोधिहाल्थिन् – ‘चिया पिउनुभो ? खाना खानुभो ? नुहाउनुभो … ?’यस्तै-यस्तै सवाल रहन्थे उनका । उनले सोधेका सवालहरुको सीधा जवाफ दिनु नै उचित ठान्थेँ म, साथमा फिस्स मुस्कान छोडेर बाटो लाग्थेँ । हुन पनि घरमा बसेकै हकमा सबै डेरावालसँग सम्पर्क बढाउने र दोस्ती गर्ने मेरो बानी कहिल्यै बसेन । म शहरमा बस्न थालेको पनि अठार वर्ष भयो होला । एउटै छानामुनि बसे पनि कति जनासग त एकपटक समेत चिनजान नभई डेरा बदलिएको पनि हुँला । यो मेरो अनौठो बानी छ ।

पेशाले म एक कलमजीवी हुँ । पेशाभित्र मेरो औकात के कति छ, त्यो मलाई थाहा छैन । तर, शहरमा मेरो सम्पर्क हरेक मान्छेसाग बेग्लाबेग्लै किसिमको छ ।मेरोमा दिनहुँ साथीहरु आइरहन्छन् । उनीहरुसँगको भेटघाट र कुराकानी मलाई बडो महत्वपूर्ण लाग्छ । त्यसैले पनि हामी कहिले कता कहिले कता समूहमै रात का’ट्छौं । डेरावाली दिदीलाई मेरोमा आउने साथीहरु देख्दा कोठामा साँघुरो होला भन्ने लागेर पनि मलाई आफूकहाँ बोलाएकी हुन सक्छ । नत्र अरु कारण के होला र !

उमेरले दिदी मभन्दा ५/६ वर्ष पाकै लाग्थिन् । त्यसैले पनि मैले उनलाई दिदी भन्न कुनै आपत्ति थिएन । हप्ता दिनपछि मात्र मैले दिदीको नाम सोध्ने साहस गरेँ । नाम शकुन्तला रहेछ । तर, उनको घरपरिवार, पेशा मलाई अझै थाहा थिएन । शकुन्तला दिदी मलाई देख्नेबित्तिकै आँखा गाडेर नियाल्थिन् । मायाको भाव झल्काउँथिन् । कोठामा बोलाउँथिन् र अवसर मिल्नेबित्तिकै खाजा र खानाका लागि समेत हार्दिकताका साथ आग्रह गर्थिन् ।

दिदीका ती सबै व्यवहारले मलाई निकै असहज लाग्थ्यो । तर पनि दिदीको कुरा टार्न नसकेर उनको कोठामा पुग्थेँ । दिदीले कोठाभरि उ’त्ते-जनाका अ-र्ध-न’ग्न तस्बिरहरु सजाएको देख्दा म ख-ग्र’ङ्ग हुन्थेँ । मुटु जोडले फुल्थ्यो र हातगोडा काँ’प्थे । म दिदीले दिएको खानेकुरा छिटो-छिटो कपाकप खान्थेँ र तल ओर्लिहाल्थेँ ।

म काँ-तर मान्छे पटक्कै होइन । ठूल्ठूला मान्छेसग अन्तर्क्रिया गर्दा होस् वा जोखिमपूर्ण समाचार सम्प्रेषणमा प्रहरी प्रशासनसँग सामना गर्दा होस्, मलाई रत्तिभर ड-र लाग्दैनथ्यो । तर, दिदीको अगाडि किन म गरुडको छायामा परेको सर्प जस्तो भयभीत भइरहन्छु, आफैंलाई पत्तो हुँदैनथ्यो ।

शकुन्तला दिदीको कोठामा सधैंजसो लोग्नेमान्छेहरुको आउजाउ चलिरहन्थ्यो । आउने-जाने सबैसँग दिदीको आफ्नै प्रकारको नाता-सम्बन्ध कायम रहन्थ्यो । त्यस कुरामा पनि म निकै आश्चर्यमा पर्थेँ, किन दिदीको संगत लोग्नेमान्छेसँग मात्र हुन्छ ?

केही दिन अरु बितेपछि मैले साथीहरुलाई शकुन्तला दिदीको बारेमा हल्काफुल्का कुरा गर्छु । साथीहरुले पनि उनको क्रियाकलापबारे शं-का लागिसकेको बताउँछन्, ‘यो ध-न्दावा’ली आइमाई हो । यो सँग जोगिएर हिँडनू । नत्र फ-सा’उली । बाहिर पनि यसको कुरा निकै सुन्न थालेका छौं । हामीले यसको बारेमा सायद समाचार रिपोर्ट बनाउनुपर्छ होला ।’

साथीहरुको त्यस्तो विचारलाई मैले ठाडै अस्वीकार गरेँ । उनीहरुलाई त्यसो नगर्न दबाब दिएको थिए । जसका कारण उनीहरु ह-च्कि-एका थिए ।
दिदी हरेक बिहान उठ्नेबित्तिकै नुहाउँथिन् । सोह्र शृंगार गरेर चिटिक्क पर्थिन् । उनको शरीर चौबीसै घण्टा मगमगाइरहन्थ्यो । तर, उनको दिनचर्या कोठाभन्दा बाहिर बित्दैनथ्यो । त्यसमा अचम्म लाग्थ्यो मलाई । एकदिन मैले उनलाई उनको श्रीमानका विषयमा सोधेको थिएँ । त्यसको कुनै जवाफ दिइनन् उनले । म पनि त्यसै चुप लागेको थिएँ ।

दिदीकोमा किन थरीथरीका लोग्नेमान्छे मात्र आइरहन्छन् ? किन आजसम्म उनको कोठामा एउटा मात्र पनि स्वास्नीमानिसको आगमन हुँदैन ? पक्कै पनि यी दिदी ध-न्दा-वा’ली हुन सक्छिन् । मैले अड्कल का’टेको थिएँ ।

शकुन्तला दिदीको कोठामा आउने लोग्नेमान्छेहरुसँग घण्टौं उनले के वार्तालाप गर्छिन्, त्यो थाहा हुँदैनथ्यो । तर, भित्र पस्दा चम्किलो अनुहारमा पस्ने लोग्नेमान्छेहरु बाहिर निस्किँदा नि’स्तेज भएर बाटो लाग्थे ।

त्यसपछि उनले जति धेरै हार्दिकता देखाए पनि मैले उनको कोठामा जाने साहस गरिनँ । उनीसँग टाढिनुमै आफ्नो भलाइ देखेँ मैले । तर, दिदीको आत्मीयता अलि बेग्लै प्रकारको थियो । ज्यादै ममतामयी लाग्थिन् उनी । त्यस्ती आइमाई के प्राप्तिको लागि दिनहुँ आफ्नो श-री-र बे-चि-र-हेकी छन् ? उनको त्यो विवशता हो वा स्वेच्छा हो, थाहा पाउनुपर्ने विषय थियो मेरो लागि । यसैले पनि म दिदीको इतिवृत्तान्त थाहा पाउन निकै प्रयास गर्थें । फलस्वरूप महिनौंपछि उनको सम्पूर्ण कहानी मलाई प्रष्ट भएको थियो ।

विवाह गरेको दुई वर्ष पनि पुग्दानपुग्दै शकुन्तला दिदीको लोग्नेले सौता हालेछ । घरमा सौता आएपछि र लोग्नेबाट पनि बेवास्ता भएपछि उनी माइतीमा बस्न थालिन् । एउटी चेलीका लागि माइती भनेको त बाबु-आमा जिउँदो छउन्जेल मात्र न हो ! बाबु-आमा दुवैलाई दैवले लगेपछि माइती उनको लागि विरानो भयो । दाजु-भाउजूको अप्रिय वचन खप्न नसकेपछि दिदी माइत पनि छोडेर शहर पसिन् ।

शहर आएपछि केही समयसम्म उनले सानो चिया पसल खोलेर जीवनयापन गरिरहेकी थिइन् । यसै समयमा उनीसँग दोस्रो लोग्नेमान्छेको संगत भयो । एउटा लोग्नेमान्छेबाट सधैंका लागि लत्यालिएकी शकुन्तला दिदीलाई विवाह गर्ने मीठो आश्वासन दिएर अर्को लोग्नेमान्छेले पनि लु-ट्यो मात्रै । त्यसपछि ऊ आ-धी जस्तै बिलायो ।

दोस्रो लोग्नेमान्छेसँगको बिछोड उनको जीवनमा अझ घा-त’क सिद्ध भयो । निकै दिनसम्म दिदी आ-हत् भइन्, किनकि उनको पेटमा उसको ग-र्भ थियो । सबैतिरबाट एक्लिएकी दिदीले पेटको बच्चालाई सकुशल जन्म दिन उचित सम्झिनन् । ग-र्भ-प-त-न गराइन् । त्यसपछि उनको जिन्दगीले अर्कै मोड लियो । होटल पनि छोडेर दिदीले आफैं बजारमा निस्किँदै स्वतन्त्र पेशा थालिन् ।

एउटी आइमाईमान्छे २०/२२ वर्षको फक्रँदो वनमा जब लोग्नेमान्छेबाट विस्थापित गराइन्छे, त्यसपछि उसभित्रको दमित चाहना एकैपटक वि-ष्फो-ट भएर समाजमा पोखिन्छ । ऊ गलत क्रियाकलापमा संलग्न हुन्छे । शकुन्तला दिदीको जीवन त्यही घटनाच-क्रको प्रति-विम्ब थियो ।

शकुन्तला दिदीको मो-लमो-लाइ आज हरेक पुरुषहरुले आ-आफ्नै शैलीले गरिरहेका छन् । जसरी मन लाग्छ, पैसामा उपभोग गरिरहेका छन् । शकुन्तला दिदी हिजोआज आफूलाई लु-टा’उनमै खुशी छन् । परिबन्दको खेलमा उनी बडो नमज्जाले हारेकी छन् । उनीकहाँ आज पनि का-मो-त्ते-जक लोग्नेमान्छेहरु उनको पराजित नारी अस्ति-त्व-सँग खेल्न आउँछन् र दे-हसँग खेलेर जान्छन् ।

देख्दादेख्दै शकुन्तला दिदीको अनुहार बेग्लै प्रकारको देखिन थालेको छ । पहिले जस्तो सौन्दर्य छैन । मसाग पनि पहिले जस्तो दिल खोलेर बोल्दिनन् उनी । हुन त मैले उनलाई पटकपटक यो पेशा छोड्न दबाब दिएको थिएँ । एउटी नारीको लागि सबैभन्दा मूल्यवान् वस्तु उसको अ-स्मि-ता हो । जुन उसले आफ्नो जीवनमा एकजना लोग्नेमान्छेका लागि मात्र सुम्पिन्छे ।

मैले दिदीलाई उपदेश दिएको थिए, पैसा शरीरका लागि हो, शरीर पैसाका लागि होइन । मेरो कुरा दिदीले कति बुझिन् वा बुझिनन् पत्तो भएन । तर, उनले आफ्नो पेशा छाडिनन् । श-रीर बे-च्ने बाटोमा निरन्तर लागिरहिन् । केही गर्दा पनि उनी नमानेपछि मैले उनीबारे पत्रिकामा छापिदिने ध-म्की समेत दिएँ । सायद मेरो त्यही कुरा उनलाई चित्त बुझेको थिएन ।

शहरमा अरु पनि केही ध-न्दावा’ली आइमाईहरु मैले पत्ता लगाएको थिएा । कतिपयले आफ्ना किशोरी छोरीहरु समेतलाई ब-लज-फ्ती पेशामा सहभागी गराएर जिन्दगीको अँध्यारो सुरुङतिर धकेलिरहेका थिए । तर, त्यसो गर्नुको पछाडि सबैको आ-आफ्नै विवशता पनि थिए ।

समय बगिरहेछ । दिन, हप्ता र महिनाहरु क्रमशः समयको पछाडि परिरहेका छन् आज । शहरमा म आफ्नो परिवारसहित छु । पहिलेको डेरा बदलिइसकेको छ । शकुन्तला दिदीको बारेमा पनि केही थाहा छैन मलाई । एकपटक उनको डेरामै गएर भेटूँ भन्ने पहिलेदेखि नै लागेको थियो । सायद उनी यतिखेर ए-चआ-ई-भीले पूर्ण ग्रस्त भएर पो बाँचिरहेकी छिन् कि ? त्यसैले उनलाई भेट्न जाने हिम्मत पनि आएको थिएन ।

एकदिन मैले शकुन्तला दिदीको दुःखद् समाचार पाएँ मेरै साथीहरुबाट । उनीहरुले तयार पारेको रिपोर्टमा जिल्लाभरका ए-चआ-ईभी ए-ड्स- पीडितहरु र व्यवसायीहरुको सूची तयार थियो । शकुन्तला दिदीलाई ए-चआ-ई-भी पोजेटिभ भएको खबरले मलाई भित्रैदेखि दुःखी बनायो । मैले थाहा पाए अनुसार उनीकहाँ अहिले कुनै पुरुषहरु धाउादैनन् । लोग्नेमान्छेलाई दिनका लागि दिदीसँग कुनै त्यस्तो चिज बाँकी छैन ।

खबर सुन्दा मलाई किन हा, तुरुन्त गएर दिदीलाई भेटूँ जस्तो लागेको थियो । तर, म त्यहाँ जाँदा बित्तिकै लामो समयदेखि देखभेट नभएकी दिदी अति दुःखी भएर मेरो उपस्थितिमा आफ्नो पीडा देखाउँलिन् र मलाई झन् अप्ठेरोमा पार्न सक्छिन् । त्यसैले त्यहाँ जान उपयुक्त ठानिनँ । किनकि आफ्नो सबथोक सकेर बसेकी दिदीसँग अहिले आर्थिक समस्या होला, घरबेटीले पैसा मागेको समस्या तेर्साउलिन् अनि म… । हुनसक्छ आज उनी सडकमा माग्दै पो छिन् कि ? दिदीलाई भेट्ने मेरो चाहना दोस्रोपटक पनि आफूभित्रै म-र्‍यो ।

केही दिनपछिको कुरा हो, शकुन्तला दिदीले सडकमा हात फैलाएर माग्दै हिँडेको मैले आफ्नै आाखाले देखेँ । भित्र पसेका आँखा, कलेटी परेका ओठ, दुब्ली, निःसहाय अवस्थामा रहेकी भए पनि मैले उनलाई चिनेँ । गहिरो दुःख लाग्यो ।

यतिबेला उनीसँग कुनै लोग्नेमान्छे थिएन । किनकि लोग्नेमान्छेलाई दिनको लागि अब दिदीसँग केही बचेको थिएन । त्यसैले आज एक्लै छिन् उनी । मृ-त्युले गाँ-ज्दै लगेको छ । शकुन्तला दिदी आज पी-डादायी अवस्थामा छिन् । बाटोमा दयनीय जीवन बाँचिरहेकी छिन् । तर, यस्तो बेला म आफ्नो परिचय र कुनै सहानुभूति नदिईकनै रुमालले मुख छोपेर उनीबाट टाढा भाग्छु । सायद दिदीसँग अब कहिल्यै नभेट्ने गरी… ! -लेखक ओमप्रसाद घायल (जनतापाटी बाट)