पाेखरामा भेटिइन् जादुमय स्वर भएकी १८ बर्षे युवती (भिडियोसहित)

-अभिषेक कडेल
पोखराकाे बाघमारा गाँउ समथर र सुन्दर छ । उक्त गाँउ बाघमारामा बस्ती बिस्तार भएको इतिहास धेरै लामो छैन। बाघमारामा धेरै मानिसहरु त्यहाँ घुम्न आउने गर्छन् । उक्त गाउँ अति सुन्दर छ । त्यस गाँउ लगायत अन्य गाँउमा धेरै लुकेका प्रतिभाहरु छन्, तर ती प्रतिभा बाहिर ल्याउने भनेकाे नै मिडियाले हाे । त्यसैगरी त्यस बाघमाराकाे एक १८ बर्षिया सरिता आचार्यकाे सुमधुर स्वर बाहिरिएकाे छ ।

सरिताकाे बास्तविक काहनी सुन्दा मन रुन्छ । उनकाे परिवारमा बुवा आमा दाइ भाउजु र उनी छिन् । उनीलाइ आफ्नाे आर्थिक समस्याकाे कारण उनले आफ्नाे प्रतिभा बाहिर देखाउन सकेकि छैन् । उनकाे भनाइ अनुसार उनले आफ्नाे परिवारबाट साथ र माया नपाएकाे बताएकि छिन् ।

सानै उमेरबाट गीत गाउन लागेकि सरिता अहिले बाघमारा गाँउमा गुमनाम छिन् । उनले हिमालय दैनिककाे कुराकानीमा आफ्नाे आर्थिक अबस्था निकै कमजाेर रहेकाे छ । काेहि कसैले साथ र माया गरेर अघि बढाउन साथ दिनुहुन्छ भने अपेक्षा गरेकाे उनी बताउछिन् ।

बाँकि हिमालय दैनिकसँगकाे कुराकानी भिडियाे हेर्नुहाेस्ः