श्रीमतीलाई यसरि बचाए महान श्रीमान विनोदले, श्रीमतीले गीत गाइन, पहिलोपटक बोले बुढाबुढी, यति धेरै खुशी छायो

काठमाण्डौ। निकै भलादमी देखिने पुरुषहरू पनि घरमा श्रीमती र छोराछोरी हुदाँहुँदै बाहिरी सम्बन्धमा रहने, श्रीमती र छोराछोरीलाई दुःख दिने, कुटपिट गर्ने, यातना दिने गरेका घटना आजभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । यद्यपि बाहिर आएका घटना एकाध मात्रै हुन् । दोब्बर, तेब्बर घटना भित्रभित्रै लुकाइन्छन् । इज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको महत्व र कर्तव्य दुवै कुरा प्रमाणित गर्दैछन् ।

विवाहको मण्डपमा अग्नीलाई साक्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको कबुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ २०७२ सालको बैशाख २४ गते विनोद र अनिता वैवाहिक सम्बन्धमा बाँधिए । त्यो मागी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आहानाको आगमनले उनीहरूको खुसी झन् बढ्यो ।

हेर्नुहोस ।