मधेस,महिला र जनजाती लगायतका समस्यालाई राष्ट्रिय मूलधारमा नल्याई समस्या समाधान नहुने : पूर्व राष्ट्रपति डा राम वरण यादव

विजय थापा ,डिसी । नेपालका पूर्व तथा प्रथम राष्ट्रपति डा राम वरण यादवले मधेस,महिला र जनजाती लगायतका समस्यालाई राष्ट्रिय मूलधारमा नल्याई समस्या समाधान नहुने बताउनु भयो । उहाले अमेरिकामा स्थापित युएस – नेपाल पोलिसी रिसर्च सेन्टरको पाचौ सम्मेलनमा बोल्ने क्रममा उक्त कुरा राख्नु भएको छ ।

युएसपिआरसिको सम्मेलन संचालन भै रहेको छ भने वक्ताहरु क्रमस आफ्नो धारणा राख्दै विभिन्न वक्ताहरुले कार्यपत्र समेत प्रस्तुत गरि रहेका छन् । उक्त कार्यक्रममा प्रथम राष्ट्रपति डा यादव प्रमुख अतिथिको रुपमा रहनु भएको छ ।

उहाले आफ्ना कुराहरु राख्दै सँस्थाले अवसर दिएकोमा धन्यबाद दिदै कार्यक्रममा भएको छलफलले हाम्रा दलहरुलाई ज्यादा जिम्मेबारी बोध गराउने छ भन्नु भयो ।

उहाले हामीले सु-शासनका कुरा पनि गर्यौ भन्दै निर्वाचन प्रणाली निष्पक्ष हुनैपर्छ भन्नु भयो । यदि निर्वाचन प्रणाली निष्पक्ष नभएमा भ्रष्टचार जस्ता समस्या समाधान हुने छैन भन्नु भयो ।

उहाले यस्ता छलफल तथा अन्तरक्रियाले नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्न सक्ने बताउनु भयो । कार्यक्रममा सँस्थाको तर्फबाट जगदम्बा अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाका अध्यक्ष डा राजन पन्तले सभाको सभापतित्व गर्नु भएको थियो ।

यसै गरि युएस – नेपाल पोलिसी रिसर्च सेन्टरका कार्यकारी सचिव तथा रसायन शास्त्रका प्राध्यापक डा सुमन पराजुलीसंग पाचौ बार्षिक सम्मेलन बारेमा चर्चा गर्नु भएको थियो ।

युएस – नेपाल पोलिसी रिसर्च सेन्टरको पाचौ सम्मेलन भर्चुअल(परोक्ष)रुपमा जुम मार्फत संचालन भै रहेको छ । सूचना प्रविधिका प्राविधिक सहयोगी ददिराम ढुंगानाले प्राविधिक पक्ष हेरी रहनु भएको छ भने पत्रकार भगिरथ योगीले कार्यक्रम संचालन गरि रहनु भएको छ ।

यस पाचौ सम्मेलनको मुख्य नारा नेपालको निर्वाचन प्रणालीमा सुधार र राजनीतिक दलहरुमा संकट बारेका केन्द्रित रहेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने र टिप्पणी गर्नेहरुमा क्रमस पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व राजदुत भोजराज पोख्रेल,प्रा कृष्ण खनाल,केदार भक्त माथेमा ,युवराज घिमिरे ,मोहना अन्सारी तथा डा सुरेन्द्र राज देवकोटा रहनु भएको छ ।

कार्यक्रममा बिहान ९ बजे देखि प्रारम्भ भएको छ भने करिव ३ घण्टा सम्म चल्ने छ ।