माया मारेर पछि फेरी आयो मेक्सम खाती र नरेश खातीको पुकुली माया

गायक मेक्सम खातिको ‘पुकुलि माया’ गित सार्वजनिक भएको छ । पुकुलिमाया बोलको गित शुक्रबार Meksam Naresh Official युटुबच्यानल मार्फत सार्वजनिक भएको हो । उक्त गितमा गायक तथा सङगितकार नरेश खातिको लय तथा शब्द रहेको छ । नरेश खातिकोको निर्देशन रहेको गितमा गायक स्वयम् मेक्समको अभिनय रहेको र मुस्ताङको रमणीय दृश्यहरु देख्न सकिन्छ । केहि समय अघि बजारमा आएको नरेश खातिको ‘माया मारेर’ गित करोड क्लवमा पुगेको छ ।

पछिल्लो समय नेपालिबजारमा लोकगितको क्यरेज बढ्दै गएको देखीन्छ । सर्जकको अथक प्रयासले नेपाली लोक गित संगित क्षेत्रसमेत फराकिलो हुदै गएको छ । यसै कारण पछिल्लो समय बजारमा आएका लोक गित संगित युवामा पनि लोकप्रिय बन्दै गएका छन् । पछिल्लो समय लोक गित संगितको भिडियो पनि उत्कृष्ठ बन्नाले समग् लोक सर्जकले दर्शक स्रोताको माया पाएका छन् । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढ्दो छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले बढि रुचाउछन् ।