मन थामेर हेर्नुस, भक्तपुरमा सिंगो परिवारको एक चिहान, अन्तिम रात के भएको थियो ? छिमेकीले रुदै खोलिन सबै कुरा !

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी–६ कुण्डोलका सुनिल अधिकारी सशस्त्र प्रहरीका सहायक हवल्दार हुन् । शुक्रवार साँझपख दाई सुदीपको घरमा मासु लिएर जाँदा उनले कल्पना नगरेको दृश्य देखे । मध्यपुर ठिमी–९ स्थित निकोसेरास्थित घरको पहिलो तल्लामा भतिजा सुशान्त अधिकारी मृत अवस्थामा पल्टिरहेका थिए । कोठाबाहिर कुकुर पनि मरेको थियो । दोस्रो तल्लमा भाउजु सम्झना, तेस्रो तल्लाको किचनमा दाई सुदीप मृत अवस्थामा पल्टिरहेका थिए । उनले फोन गरेपछि घटनास्थलमा प्रहरी पुग्यो ।

तीन दिन अघिसम्म मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताईन् । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि घटेको हुनसक्ने प्रहरीको अनुमान छ । घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
हेर्नुस प्रतक्ष्यदर्शी महिलाले रुदै खोलिन बास्तबिकता |