‘नरोउ आमा सम्झेर छोरो, मुलबाटोमा हेरेर एकोहोरो ।’ विदेशीएको छोरो घर आउने दिन हेर्दाहेर्दै आमाको ….(भिडियो सहित)

घरदेशबाट परदेश जानु जो कोहि नेपाली युवाको रहर नभएर बाध्यता नै हो । आज देशका लागि केहि गर्नुपर्ने युवाहरु आफ्ना बुढा भएका बाबा आमालाई छोडेर बिदेशमा पसिना बगाइरहेका छन् ।

परदेशमा युवाले पाएको पिडा र गाउँमा रहेकी आमाले परदेशीएको छोरा कहिले घर फर्केला भनेर मुलबाटो हेर्दा हेर्दै मृत्युको मुखमा पुगेकी आमाको विषयमा अत्यन्तै मार्मिक शब्दहरुलाई टपक्क टिपेर पोखराका कलाकार निश्चल दवाडीले आफ्नै युट्युब च्यान मार्फत ‘मुलबाटो’ गित सार्वजनिक गरेका छन् ।

गितमा आफ्नो कोखबाट जन्मीएको एक्लो छोरोेले विदेशमा पाएको दुख र त्यहि छोरोको मायाले आमा गाउँमा तड्पिएको दृश्यलाई यथार्थपरक रुपमा देखाइएको छ । गितमा भनिएको छ – ‘नरोउ आमा सम्झेर छोरो, मुलबाटोमा हेरेर एकोहोरो ।’

गितमा शब्द, लय र संगित कलाकार निश्चल दवाडीको हो भने भिडियोमा निर्देशन पनि दवाडीले नै गरेका छन् । दवाडीलाई गायक गोविन्द चापागाँईले साथ दिएका छन् । गितमा अनिता पन्त, रोबर्ट घिमिरे र सुजन रोक्काको अभिनय रहेको छ । दिवश थापा मगरको संगित संयोजनमा रहेको गितको छायांकन अर्जुन बास्तोलाले गरेका हुन् भने सम्पादन सुबास अम्गाईले गरेका हुन् ।

समाजको यथार्थपरक गित ल्याएको भन्दै निर्देशक दवाडीले सबैले मनपराउने आफुले विश्वास लिएको बताएका छन् । हेर्नुहोस भिडियो :