के हो मलमास ? कसरी मलमास बन्दछ ?

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

ज्योतिष शास्त्रअनुसार २०७७ साल असोज २ गतेबाट मलमास सुरु हुनेछ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिकमास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ ।

पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिकमास’को व्यवस्था गरिएको पाइन्छ ।

पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्