“ए दैब” अन्जली अधिकारि फेरि आईन दर्शक रुवाउन कारुणिक दशै गित सार्बजनिक……

काठमाडौं – हिन्दुहरुको महान चाड दशै नजिकिदै गर्दा दशैलाई लत्क्षित गर्दै अर्जुन कुवर ” पित्री बूढो” र सरिता शाहिको ” ए दैब” बोलको गित भर्खरै सार्बजनिक भएको छ। दशैको कथा मात्र नभई एउटा गरिब परिवार जसले दिनभरी मजदुरी गर्दा पनि बिहान बेलुका छाक टार्न गारो भएको विषय बस्तुलाई समाबेश गरिएकोछ। सधै दर्शकलाई रुवाउने गित गाउने अर्जुनले अहिलेपनी गरिबको पिडालाई समाबेश गर्दै कारुणिक गित ” ए दैब ” बजारमा ल्याएका हुन ।उनी गायक मात्र नभई एउटा सबैलाई हसाउने हास्य कलाकार पनि हुन जसलाई “पित्री बुढो ” को नामले सजिलै चिन्न सकिन्छ।अर्जुनले ” आशुको कारखाना” लिलामी ,आशुको शहर, शासन जस्ता चर्चित गितमा आवाज दिइसकेका छ्न।

चर्चित सर्जक गणेश अधिकारिको लय तथा शब्द रहेको यो गितमा अर्जुन कुवर ” पित्री बूढो ” र सरिता शाहिको आवाज रहेको छ भने लोकप्रिय कलाकर आशिर प्रताप जङ्ग , अन्जली अधिकारी, को दमदार अभिनय रहेकोछ जसमा पुर्स्त्तोतम ढुंगाना र बाल कलाकार सभिरा बोहोराले साथ दिएका छ्न।
सबैले सुनेकै नाम हो स्मृती तिमिल्सिना ” गुरुआमा” जो नेपालकी पहिलो महिला निर्देश हुन ।यो गितमा पनि उनैकै निर्देशन रहेकोछ जसलाई करन चैसिर ले छायांकन गरेकाछ्न भने श्याम मल्लको श्रिङ्गार र शिव पौडेल को समपादन रहेको छ। योग्सना डिजिटल म्युजिक प्रा लि बाट बजारमा आएको यो गित कलाकार अर्जुन कुवर”पित्री बूढो” को आफ्नै अफिसियल युट्टुब च्यानल बाट सार्बजनिक भएको छ ।यो गितलाई शेयर गरेर सबैमाझ पुराईदिन कलाकार अर्जुन कुवर ले सबैलाई आग्रह समेत गरेकाछ्न।हेर्नुहोस उक्त गितको पूरा भिडियो।