ठेलागाढामा साग बेचेर भाइरल भएकी दिदीको सबैलाई रूहाउने कहानी:बिहान देखि बेलुका सम्म भोक भोकै सडकमा!

सामाजिक सञ्जालमा छाइरहेकी यी महिलालाई हामीले किन पछ्यायौँ ? किन उनको आवाज यति महत्वपूर्ण छ ? किनकि, यो देशका तीन करोड जनसंख्यामध्ये दुई करोड आठ लाख मान्छे काम गर्ने उमेरका छन् । तर, तीमध्ये ६० प्रतिशत अर्थात् एक करोड २३ लाखले गरेको काम रोजगारीको परिभाषामै पर्दैनन् । उनीहरूले काम गर्छन्, तर उनीहरूको उत्पादन बजारमा बिक्री हुँदैन ।

उनीहरूले तलब पनि पाउँदैनन् । रोजगारी गर्ने भनिएका ८० लाखमध्ये ५७ लाख अनौपचारिक क्षेत्रमा छन् । जसको नियमित तलब आउँदैन । महामारीले उनीहरूको जीवनमा आर्थिक विपत्ति ल्याएको छ । उनीहरूका लागि सरकारले आर्थिक प्याकेज ल्याउनुपर्ने हो, तर यति लामो लकडाउनमा कतिले रोजगारी गुमाए भन्ने तथ्यांकसमेत सरकारले संकलन गरेको छैन । हेरौ भिडियो कुराकानी :