अविरल बर्षाका कारण आएको पहिरोकाकारण पुरिएर कास्कीको रुपा गाउपालिकामा एक महिलाको ज्यान गयो ।

गएरातिकाे अविरल बर्षाका कारण आएको पहिरोकाकारण पुरिएर कास्कीको रुपा गाउपालिकामा एक महिलाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर रुपा गाउँपालिका वडा नम्बर ६ रुपाकाेटकी २० बर्षीया सृजना बिककाे ज्यान गएको रुपा- ६ का अध्यक्ष नारायण गुरुङले जानकारी दिए।

पहिरोसंगे आएको घरमाथिकाे ढिस्काेले काजी बिककाे घर पुरिंदा सोही घरमा सुतिरहेकी सृजनाको मृत्यु भएको हो भने काजी बिक ,उनका भाइ संदिप बिक सकुशाल रहेका छन्।

मंगलबार बिहान ४:३० काे समयमा पहिराे खसेको थाहा पाएपछि काजी बिक र उनका भाइ बाहिर निस्किएर गुहार मागेका थिए । पहिरोमा पुरिएर घाइते बनेकी सृजनालाई उद्दार गरी उपचारार्थ पोखरा ल्याउदै गर्दा मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।