बेलायतमा रहेको लण्डन स्थित नेपाली दूतावासले माग्यो विभिन्न पदमा कर्मचारी

लण्डन ।

लण्डन स्थित नेपाली दूतावासले विभिन्न पदमा कर्मचारीहरुको माग गरेको छ । एक सूचना जारी गर्दै दूतावासले अफिस सेक्रेटरी, अफिस असिसटेन्ट र गार्डनर पदमा आवेदन खुलाएको हो ।

उक्त पदहरुमा इच्छुक ब्यक्तिहरुले १४ सेप्टेम्बर सम्म आफ्नो बायोडाटा, योग्यता, पासपोर्ट र भिजाको प्रतिलिपि, पासपोर्ट साइजको फोटो सँगै एक निवेदन लेखी दूतावासमा हुलाक तथा इमेल मार्फत पठाउन सक्नेछन् । नियुक्ति पछि कर्मचारीले दूतावासको नियमअनुसार तलव सुविधा प्राप्त गर्न सक्नेछन् ।

आवेदकहरुले राम्रो सँग अँग्रेजी भाषा पढ्न, लेख्न र बोल्न सक्ने, शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त, युकेमा फुल टाइम भिजा पाएकोे, कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा स्थानिय संस्कृतिहरुको बारेमा जानकारी भएको हुनुपर्नेछ । अफिस सेक्रेटरी पदमा आवेदन दिनेहरुले न्युनतम ब्याचलर पास गरेको हुनुपर्नेछ, भने बाँकी दुइ पदहरुको निम्ती एस.ई.ई वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने दूतावासले जानकारी दिएको छ ।