कोरोना र नेपाल बन्द ! महेश भट्टराई,

महेश भट्टराई,

नेपालमा करिब ३ करोड नेपाली बसोबास गर्छन ! देशमा मानि लिऊ कोरानालाई खुलमखुल्ला छाडि दियो भने पनि मर्नेहरू दिर्घरोगी र प्रतिरक्षा शक्ति कम भएकाहरू नै हुनेछन !
ल बढिमा ३०,००० हजार नै मर्लान रे ! तर सबै जनताले आफैले सचेत र होशियारी अपनाएमा संख्या घटेर करिब ३ हजारमा आउन सक्छ ! सडकका लाठी लगाएर त कोरोना पक्कै घट्दैन !

तर कोराना संग लडेर बाचेकाहरू र बिदेशबाट घर फर्केकाहरू भोलि कसरी बाच्लान, के काम गर्लान र के खालान ?

तर सरकारले त ३ करोड नेपाल लाई मारिरहेको छ ! तिन करोड नेपालीको कर र रेमिट्यान्स लुटेर काठमाडौमा रहेका ३०० जना VVIP/VIP बचाउने योजना बनाई रहेको छ !

यो कोरोनाको करोडौ खर्च नेपाली जनता बचाउन हैन शिर्ष र मन्त्रीहरू आफै बच्न गरिरहेका छन ! यसको ज्वलन्त प्रमाण हिज अरबको एयरपोर्ट बाट नेपाली नल्याउनु र भारतको सिमानामा नेपाली रोक्नु हो ! पटक पटकको नेपाल बन्दको गोप्य राज यहि नै हो !

कोरानाले मर्नेहरू बरू भाग्यवानी होलान तर बाकि बाच्नेहरूले भोलि के खाएर कसरी बाच्लान ? दिर्घकालीन सोच सरकार संग छ ? नेपाल भनेको काठमाडौ र शहर मात्र होइन भन्ने सोच सरकारले कहिले छाड्ला ?

बर्तमानमा बाच्नु भन्दा भबिष्यमा बाच्नेहरूको समस्या झन कहालि लाग्दो छ !