ट्रम्पले “राष्ट्रमा सबैभन्दा खराब” बाल्टिमोरलाई फेरि अपमान गर्दै भने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेरिल्याण्डको प्रख्यात शहर बाल्टिमोरलाई फेरि अपमान गरेका छन् । उनले बाल्टिमोरलाई “राष्ट्रमा सबैभन्दा खराब” भनि आरोप लगाए ।

राष्ट्रपति ट्रम्पले सामाजिक संजाल मार्फत ट्वीटको श्रृंखलामा पुनः बाल्टिमोरमा लक्ष्य लिएका छन्। गत आइतबार ट्रम्पले बाल्टिमोर शहरलाई “राष्ट्रमा सबैभन्दा खराब” ” र “सबैमा पछिल्लो” भनि दर्जा दिए ।

उनले यस पटकको लागि अमेरिकाको रिपब्लिकन कंग्रेसनल उम्मेद्वारको लागि पनि निर्वाचित गर्न आग्रह गरे। ट्रम्पले किम्बर्ली क्लाइकले मेरील्याण्डको ७ औ कंग्रेसल जिल्लाको चुनावमा बिजयी भएमा बाल्टिमोरलाई “मद्दत” गर्ने कुरा गरे ।

गत बर्ष आफ्नो सामाजिक संजालमा बाल्टिमोरलाई रद्धिको टोकरीमा देखाउँदै क्लाइकले प्रकाशन गरेको चिजले सबैको ध्यान आकर्षण गरेको थियो ।

उक्त कारणले ट्रम्पले ट्वीट गर्दै बाल्टिमोर डिस्ट्रिक (जिल्ला)लाई “घृणा-युक्त ,मुसा र संक्रमित भनेका थिए । किम्बर्ली क्लाइकले गत अगस्त महिनामा रिपब्लिकन राष्ट्रिय अधिवेशनमा बोलेकी थिइन।

श्रोत : एपी/डब्लुटिओपी – इनेप्लिज