विजय शाही लाइ आरोप : दोस्रो पटक किताब दिदा नि पढ्न सकेनन ! (भिडियो सहित)

काठमाडौँ | विजय शाही अहिले यो नाम भन्नेवित्तिकै युट्युबममा भिडियो हेर्नेहरुलाई पक्कै पनि थाहा छ, उनले तहल्का मच्चाइरहेका छन् । तहल्का यस अर्थमा युट्युबमा उनका भिडियो भाइरल भइरहेका छन्, उनले आफ्नो प्रतिभा र क्षमता जसरी देखाएका छन्, त्यसले धेरैको ध्यान तानिरहेको छ ।कतिसम्म भने उनको प्रतिभाको आधारमा अनेक मिम बनिरहेका छन्, उनलाई प्रोत्साहन गरेर होस् या उडाएर नै किन नहोस्, मानिसहरुले उनीमाथि भिडियो बनाइरहेका छन् ।

अनि उनले देखाएको अद्भुत प्रतिभाका कारण मानिसहरुमा आश्चर्य मात्र थपिएको छैन, केहीले त उनको यो काम ठगी हो भन्ने आशंका पनि व्यक्त गरिरहेका छन् ।सबैभन्दा पहिले लागौँ, कालिकोटका विजय शाही कसरी चर्चामा आए भन्ने विषयमा । गत वर्ष माघको कुरा हो, विजय शाहीले मेमोरी किङ भनिएको विधामा च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाए । त्यसपछि उनको नाम चर्चामा आउन थाल्यो ।