‘पिंग खेल्ने बेलामा’ यस बर्ष को मार्मिक पहिलो दशैँ तिहार गित सार्बजनिक |

काठमाडौं – हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी तथा शुभ दिपावली नजिकै आइ रहदा दशैं र तिहार का गित हरु बजार मा आउन सुरु भै सकेका छन् । त्यस्तै सुन्दास फिल्म प्रा.लिको प्रस्तुति बिनोद सुन्दासको नेपालीहरु को संयुक्त् दशैँ गितको भिडियो सार्वजनिक भएको छ।

दामोदर खरेल र दिनेश बिसी को उत्कृष्ट लय तथा शब्द सृजनामा मार्मिक दशैं गीत “पिंग खेल्ने बेलामा” बजारमा आएको छ । बहुचर्चित गायिका पूर्णकला बिसी र दिनेश बिसी को सुमधुर आवाजमा सुसजित गीतमा अभिनय भने बिनोद सुन्दास र आशा खड्का को रहेको छ । निर्देशक बिनोद सुन्दासको रहेको छ भने सम्पादन अमृत चापागाईं को रहेको छ।

हेर्नुहोस भिडियो :